जनकपुरधाम,मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।बुधवार बसेको मधेु प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । योसँगै सभामुख पासवान पदमुक्त हुनुभएको छ ।
प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गर्नुभएको हो । उहाँका अनुसार प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेश गर्नुभएको थियो । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।त्यसपछि निर्णयार्थ प्रस्तुत गरी मत विभाजनमार्फत प्रस्ताव पारित गरिएको हो ।बैठकमा नेकपा एमालेबाट भने एक जना प्रदेश सांसद सुरुको बैठकमा उपस्थित भए पनि केही समयको लागि स्थगित गरेर संचालन गरिएको बैठकमा कोही उपस्थित थिएनन् ।

Leave a Reply