वन सबैको साझा सम्पत्ति हो । रौतहटको चन्द्रपुर नगरपालिका– १ स्थित जनसेवा सामुदायिक वनमा वन समूहकै पदाधिकारीको संलग्नतामा काठ चोरुी भएको कुरा आएको छ । यदि यो घटना सत्य भए यो निकै बिडम्वनाको कुरा हो । हावाहुरीले ढालेको ठूलो सालको रुखलाई डिभिजन वन कार्यालय रौतहटबाट अनुमति नै नलिई चोरी गरेको आरोप लागेको छ । आरोप मात्र लागेको भए त फरक कुरा यदि पुष्टि भयो भने यो निकै आपत्तिजनक कुरा हुनेछ ।

ढलेको रुखलाई गोलिया बनाउने काम भइरहेको देखेपछि स्थानीयले विरोध गरेको पनि पाइएको छ । सोही क्रममा घटनास्थलमा भेला भएका केही उपभोक्ताहरुले भिडियो बनाएर सार्वजनिक गरेपछि प्रमाण यसै पनि भयो । भिडियोमा स्थानीय एक महिलाले दिएइको बयानले चकित बनाउने अवस्था छ । वास्तववमा वनमा तस्करी नै भइरहेको देखिन्छ ।
सो सामुदायिक वनमा यसअघि पनि काठ चोरी र तस्करीको प्रयास हुने गरेको स्थानीयको आरोप छ ।

उनीहरुका अनुसार, हरेकपटक वन समूहका पदाधिकारी र डिभिजन वन कार्यालयका केही कर्मचारीको मिलेमतोमा वन क्षेत्रमा काठ तस्करी हुने गरेको हो । यस्तोमा वन कार्यालयका कर्मचारीहरु मुकदर्शक बन्न मिल्दैन बरु कारबाही गर्ने विषयमा स्पष्ट हुनुपर्दछ । वनको नास हुनु भनेकै प्रकृतिको सत्यनास हुनु हो यो कुरा बेलैमा बुुझ्न आवश्यक छ ।

 

Leave a Reply