रौतहट,चन्द्रपुरमा शनिवार बृहत साहित्य गोष्ठी तथा बृहत कविता, गीत, गजल र मुक्तक साँझ सम्पन्न भएको छ ।
चन्द्रनिगाहपुरस्थित होटल हिमालयनमा भएको सो कार्यक्रममा देशका ख्यातिप्राप्त कवि, मुक्तककार, कथाकार र गजलकारहरुको प्रस्तुति रहेको थियो ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा साहित्य सञ्जाल रौतहटले कार्यक्रमको आयोजना गरेको होे । नेपाल स्रष्टा समाज शाखा समिति रौतहटको समन्वयमा उक्त कार्यक्रम आयोजना भएको थियो ।कार्यक्रममा साहित्यकारहरु माधव काफ्ले, हरिकृष्ण काफ्ले, अनन्त कोइराला, शालिग्राम उपाध्याय, शितल गिरी, सपूत कार्की, लगायत लेखक तथा साहित्यकारहरुले आआफ्ना रचना वाचन गरेका थिए ।सो कार्यक्रममा मेयर संजय काफ्लेले नगरपालिकाले भाषा, साहित्यको संरक्षण र प्रबद्र्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्न आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।

Leave a Reply