गोकुल घोरसाइने,

निजगढ, १९ भदौँ– कोरोना भाइरस संक्रमणबाट निजगढ नगरपालिकाका थप एक पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । त्यसैगरी शुक्रबार नै नगरमा २ स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर– ९ का ५७ वर्षिय पुरुषको काठमाण्डौंस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा बिहान सबेरै मृत्यु भएको थियो । गत भदौँ १५ गते पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएका उनमा मृगौला सम्बन्धि बिरामी पनि थियो ।
त्यसैगरी शुक्रबार नै निजगढ नगरपालिकामा २ स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निजगढ नगरपालिका स्वास्थ्य शाखामा कार्यरत प्रमुख रमेश लामाकाअनुसार गत भदौँ १६ गते ५२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि वीरगंजस्थित नारायणी अस्पताल पठाइएकोमा बिहान प्राप्त रिपोर्टमा १४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा इलाका प्रहरी कार्यालय निजगढका ५ जना थुनुवा र एक जना प्रहरी र निजगढस्थित एक बैङ्ककमा कार्यरत अर्का एक कर्मचारीमा पनि छन ।

२ हप्ताअघि संक्रमण पाइएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा उनीहरुको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख लामाले २ संक्रमितमा रुघाखाकी र ज्वरोसमेत छ । ‘लक्षणसहितका संक्रमित देखा पर्न थालेका छन, प्रमुख लामाले भन्नुभयो, पछिल्लो रिपोर्टले निजगढमा पनि समुदायस्तरमा कोरोना फैलिएको आशंका छ ।‘ उहाँले ५२ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण देखिनु चिन्ताको विषय भएको पनि बताउनुभयो ।

उहाँले संक्रमण थप फैलिन नदिन नगरबासीले सुरक्षा उपाय अबलम्बनमा थप ध्यान दिनुपर्ने पनि बताउनुभयो । निजगढमा योसंगै संक्रमितको संख्या ३७ पुगेको छ । यसअघि निजगढ नगरपालिका वडा नम्बर– ६ का एक ६ वर्षिय बालकमा पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here