वीरगन्ज केही समयअघि मात्रै उपमहानगरपालिका थियो अब महानगरपालिका भएको पनि धेरै भयो । स्थानीय तहको निर्वाचनपछि वीरगन्ज महानगरपालिका भएको हो । महानगरपालिका भएसँगै यसको जिम्मेवारी र दायित्व पनि बिशाल भएको छ । वीरगन्ज महानगरपालिका भएपछि यसको जिम्मेवारी र दायित्व बढेको हो । त्यसो त वीरगन्ज पनि जनप्रतिनिधिहरु नै छन् अहिले । चुनाव जितेपछि जनप्रतिनिधिहरुकै काँधमा बिकास निर्माणको कार्य जाने हो ।
त्यसो त बर्षा लागेपछि भने वीरगन्ज महानगरपालिका जस्तो हुन सकेको छैन । वीरगन्ज डुबान र बाढीका कारण यो बर्षपनि नराम्रोसँग प्रभावित भएको हो । बाढी र डुबानले वीरगन्जलाई यसपाली आच्छुआच्छु बनाएकै हो । त्यसैले पनि वीरगन्ज महानगरपालिकाले अब डुबान र बाढीबाट जोगाउनका लागि नीति बनाउन आवश्यक छ । वीरगन्ज महानगरपाकिाले बनाएको नीतिले अब नगरवासीलाई जोगाउन सक्नु पर्दछ ।
बर्षा त हरेक साल हुने गर्दछ र हरेक साल बाढी पनि आउने गर्दछ तर समयमा नै नीति बन्न नसक्दा पनि डुबानको समस्या बढेको हो । जननिर्वाचितहरुले पनि डुबान र बाढीबाट जोगाउनका लागि नीति बनाउन आवश्यक छ । उनीहरुले आफ्ना नागरिकहरुलाई जोगाउनका लागि बनाउने नीतिले नै बाढी र डुबानबाट नगरवासीलाई जोगाउन सकिन्छ र वीरगन्ज पनि महानगरपालिका भन्न लायक हुनेछ ।