मनोज शाह
जीतपुर,बारा जिल्लाको प्रसौनी गाउँपालिकाले यस वर्षको सिजनलाई लक्षित गर्दै किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ । गाउँपालिकामा आवेदन दिएका किसानहरूलाई आफ्नो नाम दर्ता भएको आधारमा तोकिएको समय र स्थानमा आएर बिउ लैजान गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष विनोद जैसवालले मातहतका सबै कृषकलाई समयमै उपस्थित भई अनुदानमा उपलब्ध गराइने गहुँको बिउ वितरण स्थलबाट बिउ लैजान आह्वान गर्नुभएको छ । उहाँले कृषि उत्पादन बढाउन र किसानको लागत घटाउनका लागि गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै उपलब्ध अवसर नछुटाउन किसानहरूलाई अनुरोध गर्नुभएको छ ।
प्रसौनी गाउँपालिकाले किसानमैत्री कार्यक्रमअन्तर्गत यस वर्ष पनि गुणस्तरीय गहुँको बिउ वितरण गर्दै आएको छ ।
किसानहरूले गाउँपालिकाको कृषि शाखामा सम्पर्क गरी तोकिएको समयभित्र बिउ प्राप्त गर्नसक्ने जनाएको छ ।


















