नरेश गुप्ता

बरियारपुर,बाराको कबहिगोठ नाकाबाट नेपाल ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले मंगलबार बिहान ६८ वटा अवैध खुकुरा बरामद गरेको छ । प्रहरीलाई देखेपछि तस्करहरु भागेको र उनीहरुले छोडेको अवैध कुखुरा विओपी कवहीगोठले बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको १ सय ३६ केजी बराबरको ६८ वटा खुकुरा सशस्त्र प्रहरी कबहिगोठ बिओपिका प्रहरी निरीक्षक अमृत दुलालको नेतृत्वमा पशु क्वारन्टाईन कार्यालयका अधिकृत रामाधार यादव, ईलाका प्रहरी कार्यालय कबहिगोठका ईन्चार्ज नन्दलाल यादव, स्थानीय जनप्रतिनिधि, समाजसेवी र वुद्धिजीवीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी गराउनुभएको छ ।

कोभिड– १९ का कारण जारी निषेधाज्ञाको बीचमा पनि तस्कहरुले सिमा क्षेत्रबाट कुखुराको तस्करी तीव्र बनाउदै आएका छन । भारतमा नयाँ प्रजाति भाइरस फेला परेकोले नेपाल भारत सिमा नाका पनि लामो समयदेखि बन्द छन ।

Leave a Reply