निजगढ,निजगढ नगरपालिकाले दुग्ध उत्पादक किसानलाई दिने भनेर घोषणा गरेको अनुदान रकम शुक्रवार वितरण गरेको छ । निजगढ ५ स्थित बागदेव दुध उत्पादक ससहकारी संस्थामार्फत दुग्धको कारोबार गर्दै आएका किसानलाई नगरपालिकाले प्रतिलिटर रू १ अनुदान दिने निर्णय गरेको थियो ।बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई निजगढ ५ स्थित सामुदायिक भवनमा आयोजिक एक कार्यक्रमकाबीच नगर प्रमुख सुरथ पुरीले किसानलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो । नगर प्रमुख पुरीले १० महिनाको दुध बापतको १९ लाख ४४ हजार ३ सय ८७ हजार वितरण गरिएको जानकारी गराउनुभएको छ । उहाँले किसानको पौरखबाट सबै मानिसहरु पालिएको भन्दै कृषि पेशालाई सम्मानजनक तुल्याउन नगरपालिकाले प्रोत्साहन गर्न सुरुवात गरेको पनि बताउनुभयो ।कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ, वडा नम्बर ५ का अध्यक्ष सुर्यबहादुर थापा, कार्यपालिका सदस्य शर्मिला विश्वकर्मा, जिल्ला दुग्ध उत्पादक संघका सदस्य पुरुषोत्तम भट्टराई, संस्थाका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम लगायतले कार्यक्रममा बोल्नुभएको थियो । बागदेव दुध उत्पादक सहकारी संस्थका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रकाशप्रसाद सापकोटा र स्वागत अर्जुनप्रसाद घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply