निजगढ,योगदान राष्ट्रको लागि निजगढ नगर समितिको आयोजनामा निजगढमा निःशुल्क मुटु रोग परीक्षण शिबिर संचालन हुने भएको छ ।नेपाल हृदय रोग निवारण प्रतिष्ठान बाराको प्राविधिक सहयोगमा आगामी मंसिर ६ गते शनिवार बिहानबाट शुरु हुने सो शिबिरमा नेशनल मेडिकल कलेज वीरगञ्ज र गंगालाल हस्पिटल काठमाडौंका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. जितेन्द्रकुमार मिश्रले बिरामीहरुको परीक्षण गर्ने कार्यक्रमका संयोजक रामहरी खरेलले जानकारी दिनुभयो ।
गौरीशंकर मावि निजगढ ८ को प्राङ्गणमा शिबिर संचालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply