सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटा निवासी २४ वर्षिय अजयकुमार बैठाको दुर्घटनामा परेर भारतको पुणामा मृत्युु भएको छ ।दुई महिनाअघि रोजगारीको लागि पुणामा पुगेका अजय ४ दिनअघि दुर्घटनामा परेर घाइते बनेका थिए । पुणामा काम गर्ने क्रममा गाडीबाट पानीको जार झार्ने क्रममा जारले थिचेर उनको छाती र टाउको चोट लागेको थियो । घाइते बैठालाई साथीहरुले तत्काल अस्पताल पुर्याएका थिए ।
घाइते अजयको उपचारको क्रममा शनिवार दिउसो अस्पतालमै मृत्युु भएको अजयका हजुर बुबा हिरा बैठाले जानकारी दिनुभयो । छोराको भारतको पुणामा मृत्यु भएको सुचना सुन्ने बित्तिकै आमा सामपति देबी र स्थानीयहरु शोकमा डुबेका छन । अजयको शव एम्बुलेन्समार्फत नेपाल ल्याउने तयारी भइरहेको आफन्तले जनाएका छन् ।



















