सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एक स्थानीयको ज्यान गएको छ । बाघको आक्रमणबाट स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको हो ।गाउँ छेउको जंगलमा मंगलवार दिउँसो बाख्रा चराउन गएका ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधवार बिहान फेला परेको हो ।साँझ अबेलासम्म पनि जंगलबाट नफर्किएपछि आफन्त र स्थानीयले उनको खोजी गरिरहेका थिए । जंगलमा खोज्दै जाने क्रममा बाघले क्षतविक्षत पारेर खादैगरेको अवस्थामा स्थानीयले ब्लोनको शव फेला परेको जीतपुरसिमरा वडा नम्बर २१ वडा अध्यक्ष सुवास श्रेष्ठले जानकारी दिनुभयो ।शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी घटनास्थल पुगेका छन् ।अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए ।

Leave a Reply