पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा रहेको साना किसान कृषि सहकारी सहकारी संस्था लिमिटेड मनहर्वाले आफ्ना एक सदस्यको मृत्युपछि आश्रीत परिवारमा १० लाख ३५ हजार सुरक्षा रकम प्रदान गरेको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया निवासी ममिना खातुनको मृत्यु भएपछि संस्थाले सदस्य सुरक्षा, कर्जा सुरक्षा र संस्थामार्फत सानिमा लाईफईन्सुरेन्समा गरिएको बीमाको रकम प्रदान गरेको हो । खातुनको गत असोज १ गतेका दिन ४० बर्षको उमेरमा अचानक मुटु सम्बन्धी समस्याले निधन भएको थियो ।

संस्थाको सेवाकेन्द्र उत्तरझिट्कैंया समितिले हिजो मृतक खातुनको घरमा आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा मृतकका पती उजिर आलम मिँयालाई संस्था अध्यक्ष नयनकला खड्काले बीमा सहितको उक्त राहत रकम प्रदान गर्नुभएको हो ।संस्थाले एकपटक ३ हजार रकम सदस्य सुरक्षा बचत अन्तर्गत जम्मा गरेको रकमबाट सदस्यको मृत्यु हुँदा ३५ हजार रुपैंया काजक्रियामा सहयोग पुग्ने गरी प्रदान गर्दैआएको छ । यस्तै कर्जा लिँदा सदस्यसँग शुन्य दशमलव ५ प्रतिशत रकम कर्जा सुरक्षा स्वरुप लिने र सदस्यको कालगतीले मृत्यु हुँदा ५ लाखसम्मको कर्जा मिनाह गरिदिने गर्दै आएको छ ।

यसैगरी सहकारीले नेपाल कृषि सहकारी केन्द्रिय संघको समन्वयमा सानिमा लाईफ ईन्सुरेन्ससँगको सहकार्यमा आफ्ना सदस्यहरुको ३ देखि १५ लाख रुपैंयासम्मको म्यादी जीवन बीमा गरिदिने गरेको संस्था अध्यक्ष खड्काले जानकारी दिनुभयो ।सोही कार्यक्रमको रकम खातुनको आश्रीत परिवारमा हस्तान्तरण गरिएको हो । संस्थाले सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको छ । ग्रामीण क्षेत्रमा ७ प्रतिशत ब्याजमा कर्जा लगानी गर्दै आएको संस्थाले, सदस्यहरुलाई पशुपालन र कृषिमा विशेष प्राथमिकतामा राखेर कर्जा दिने र उत्पादित दुग्ध खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

सदस्यहरुले पालेका पशुको सुरक्षण गरिदिने, प्राविधिक मार्फत पशुपालन र कृषिमा निःशुल्क सेवा दिने पनि काम गर्दै आएको छ । यस्तै सहकारीले बिउ प्रशोधन उद्योग, कस्टम हायरिङ्गसेन्ट र सुपत मुल्यमा कृषि सामग्रीको पसल समेत संचालन गरिरहेको अध्यक्ष खड्काले बताउनुभयो ।जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा ३ हजार ७ सयभन्दा धेरै सदस्यका बीच ८५ करोड बढी रकमको कारोबार गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष श्यामता कुमारी, संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा, सेवाकेन्द्र झिट्कैयाका समितिका पधाधिकारीहरुसहित स्थानीय सदस्यहरुको सहभागितामा भएको कार्यक्रम सेवा केन्द्र्र प्रमुख मुकुन्दराज यादवको सहजजीकरणमा सम्पन्न भएको थियो ।
मृतक परिवारलाई आर्थिक सहयोग
निजगढ,करेन्ट लागेर ज्यान गुमाएका युथ अफ निजगढ क्लबका संस्थापक तथा कोषाध्यक्ष रवि सापकोटाको परिवारलाई क्लबले आर्थिक सहयोग गरेको छ ।क्लबका सदस्यहरूबाट सङ्कलन गरिएको एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ आज स्वगीर्य रविकी धर्मपत्नी रिता सापकोटालाई उहाँको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष कमल पराजुलीले जनप्रतिनिधिहरूको उपस्थितिमा सहयोग रकम सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो । क्लबले सापकोटाका छोराको पठनपाठन र सुरक्षाको लागि सो रकम सहयोग गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुर्य थापा मगरसहित स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण सहभागी थिए ।गत असार २० गते निजगढ– ५ मा बिजुलीको पोलमा चढेर सिसी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर रविको घटनास्थलमै मृत्यु भएको थियो । क्लबले सामुदायिक दायित्वअनुसार मृतक परिवारप्रति सहानुभूति व्यक्त गर्दै सहयोग हस्तान्तरण गरेको जनाएको छ ।

Leave a Reply