सिकिन्द्र साह

सिम्राैनगढ – बाराकाे पचरौता नगरपालिकाकाे वडा नम्बर ८ अमरपटिमा अपरान्ह एक बजेकाे समयमा बिधुतकाे तार  सट भइ बचु महरा चमार , तलबि मिया अन्सारी , इस्लाम मिया अन्सारीको घरमा आगो लागि जलेर नष्ट भएको छन् । साे आगाेबाट दाल , चामल , खाद्यवस्तु , लता कपडा , गर गहना , बाइक समेत जलेर नष्ट भएको थिए । केहि घण्टा पछि स्थानिय बासिन्दाको सहयोगमा आगाे नियन्त्रणमा लिएको थिए ।

 

 

 

नजिकै रहेकाे प्रहरी चौकीको प्रहरी सहायक निरिक्षक रबिन्द्र मिश्रले सो घटनालाई छानबिन गर्दा करिब चार लाख बराबरको सम्पति नस्ट भएको समेत बताएका थिए। घटना घटन बितिकै नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादवले दाल चामल नुन र त्रिपाल बस्नको लागि तुरुन्तै नगरपालिका द्वरा ब्यवस्था गरिएको थिए ।

 

 

 

राहत दिने क्रममा नगरपालिकामा याे दुखद बैलामा एक जुट भएर सबै संग आ आफ्नो घरमा बसिदिन तथा एक अर्कोको सुख दुखमा सटासट गर्न समय अाएकाेले सबै नरबासि संग आग्रह समेत गरेका थिए। कार्यक्रममा वार्ड अध्यक्ष सर्बजित राय यादव स्वास्थ संयोजक नवलकिशाेर यादव युवा नेता अखिलेश यादव लगायतकाे सहभागीता अग्नि पिडितलाइ राहत पैकैट दिएको थिए।

Leave a Reply