वीरगन्ज – वीरगन्ज महानगरपालिकाले राहत बितरण कार्यलाई तिब्रता दिएको छ ।नगर प्रमुख बिजय कुमार सरावगीको विशेष पहलमा महानगरपालिकाको निर्णय अनुसार सबै वडामा राहत बितरण कार्यलाई प्राथमिकता दिदै राहत बितरण कार्यलाई अगाडि बढाइएको हो । यसै गरी शनिबार दिउसो महानगरपालकाको वडा नम्बर २५मा पति राहत बितरण गरिएको छ ।
वडा अध्यक्ष विश्वराज राउत कुर्मिको विशेष उपस्थितीमा मौजे श्रीसिया र भन्सार टोला श्रीसियामा रहेका ३०८परिवारलाई राहत सामग्री बितरण गरिएको छ ।प्रत्येक परिवारलाई १५किलो चामल,डेढ किलो दाल,१ लिटर तेल र नमकको पाकेट सहितका समग्रीहरु बितरण गरिएको वडा कार्यालयले जनाएको छ । उक्त वडामा रहेको वाकि २वटा रोल, ड्राइपोर्ट र खलवाटोल श्रीसियामा आइतवार राहत बितरण गर्ने कार्यक्रम रहको जनाइएको छ ।