कलैया,जिल्ला प्रहरी कार्यालय बाराले बरामद गरेको भन्सार छलीका सामान बरापद गरी आवश्यक कारबाही अघि बढाएको छ ।बारा प्रहरीले जिल्लाका फरकफरक स्थानहरुबाट ५ लाख ५५ हजार ८८५ मूल्य बराबरका सामान पक्राउ गरि आवश्यक कारबाही अघि बढाएको हो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट दुुई लाख ८० हजार मूल्य बराबरका १४० पिस ‘एयरबर्डस्’ बरामद गरेको जनाएको छ ।
गौरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ७ ख ९१४१ नम्बरको यात्रुवाहक बसबाट उक्त मूल्यका एयरबर्डस् बरामद गरेको छ ।यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ल्वाङ १ बोरा, धनिँया १८ बोरा, मेथी २ बोरा, जिरा ८ बोरा, खुर्सानी ६ बोरा, मोनो सोडियम ग्लुटेमेट १० बोरा बरामद भएको छ ।प्रहरी चौकी पथलैयाको टोलीले बीरगञ्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ६०७० नम्बरको बसमा लोड रहेको अवस्थामा दुइ लाख ७५ हजार ८८५ रुपँया बराबरका ती सामान नियन्त्रणमा लिएको छ । बरामद सामानहरु आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।



















