सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित पशुपतिनाथ महादेव मन्दिरको शनीवार संरक्षण समिति गठन भएको छ । समितिको सातौं अधिवेशनले भूवप्रसाद ढकालको अध्यक्षतामा संरक्षण समिति चयन गरेको हो ।यसपटक दलित समुदायका प्रतिनिधिलाई पनि समेट्दै स्थानीयले मन्दिर संरक्षण समिति गठन गरेका हुन् । समितिको उपाध्यक्षमा मायादेवी पाठक, सचिवमा नविन खड्का, सहसचिवमा प्रेमकुमारी ढकाल, कोषाध्यक्षमा रोहिता अधिकारी रहेका छन् ।
यसैगरी सदस्यमा पार्वती परियार, बासुदेव खत्री, सम्झना बञ्जारा, कल्पना शाह, अनिता ढकाल र नानु ढकाललाई सदस्यमा चयन गरिएको छ ।मन्दिर संरक्षण समितिका अध्यक्ष गंगाधर ढकालको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य अर्जुन रसाईलीको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा औराह उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, प्रगतीशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष दाहाल, निर्वाचन समिति संयोजक रमेश खरेल, सदस्य डम्बर खड्का, कुमारनाथ त्रिपाठी, स्थानीय भागवत चौधरीलगायतको पनि उपस्थिति रहेको थियो ।
















