दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिकामा दादुरा रुबेला खोप सम्बन्धी नगर स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी आइतवार सम्पन्न भएको छ ।नगरपालिकाको सभा हलमा स्वास्थ्य शाखाको आयोजनामा आइतवार दादुरा रुबेला खोप सम्बन्धी नगर स्तरीय खोप समन्वय समितिका पदधिकारीहरुसंग अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन भएको हो ।

कोल्हबीमा आगामी फागुन २० देखि २४ गतेसम्म दादुरा रुबेला खोप विरुद्धको अभियान शुरू हुँदैछ । नगरपालिकाभित्रका ९ महिनादेखि १५ वर्ष उमेर समूहका बलबालिकाहरुले सो खोप लिनुपर्ने स्वास्थ शाखा प्रमुख मनोज चौधरीले बताउनुभयो ।
कार्यक्रममा शाखा प्रमुख चौधरीले खोप लगाएमा बालबालिकाहरुमा दादुरा रुबेला रोगले संक्रमण गर्न नसक्ने बताउनुभयो । सोही कार्यक्रममा करिब १६ हजार बालबालिकाहरुलाई खोप दिने र कम्तिमा १३ हजार ६५ जना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाईने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र चौधरी, नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानध्यापकहरुलगायत नगरपालिकाको वडा नम्बर १ देखि ११ नम्बरसम्मका वडाका अध्यक्षहरु उपस्थित थियो ।त्यसैगरी ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक भोलामान सिह अधिकारी, सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख उमेश पौडेल, स्वास्थ शाखाका कर्मचारी, पोषण शाखाकी सीता चौधरीलगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि सहित सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो ।

Leave a Reply