कलैया,बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आजबाट जिल्ला प्रशासन कार्यालय बारामा पदभार ग्रहण गर्नुभएको छ ।प्रजिअ मिश्रले मङ्गलवार बिहान कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँ यसअघि सुनसरीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत हुुनुहुन्थ्यो । गृह मन्त्रालयले डेढ साताअघि मिश्रालाई सरुवा गरेर बारा पठाएको हो ।
पदभार ग्रहण कार्यक्रममा कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाहरूले मिश्रलाई स्वागत गरेका थिए ।
पदभार ग्रहणपछि बोल्दै प्रजिअ मिश्रले जिल्लाको सुशासन, प्रशासनिक सुधार र नागरिकलाई सहज र प्रभावकारीरुपमा सेवा प्रवाहमा प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।



















