मृतक किशोरी सम्झनाको घरमा जम्मा भएका आफन्त तथा स्थानियहरु

पुष्पराज खतिवडा
बारा
२७ बैशाष २०७८

प्रेम गरेको यूवकसँग विवाह गर्न नपाएको निहुँमा जीतपुरसिमरा उपमहागरपालिका १८ पसाहटोलका दुई किशोरीले सोमबार झुण्डीएर आत्माहत्या गरेका छन् । स्थानिय सीतामाया पाख्रिनकी १८ बर्षिया छोरी सम्झना र भिम बहादुर गोलेकी १५ बर्षकी सुस्मीताले एकै रुखको एउटै हाँगामा सलको पासो लगाएर आत्माहत्या गरेको पाईएको हो । दुवै किशोरी मामा फुपुका छोरी दिदिबहिनी भएको मृतक सम्झनाकी आमा सीतामायाले बताईन् ।
उनका अनुसार सम्झना आईतबार मात्रै सोही पालिकाको वडा नं.१७ जैतापुरका चौधरी थरका युवकसँग भागेर गएकी थिईन् । सोकुरा थाहा पाएर आफन्तले सोही साँझ दुवैलाई सम्झाउँदै सम्झनालाई फकाएर घर फिर्ता ल्याएका थिए ।
सम्झनालाई उनका आफन्तले फिर्ता ल्याएपछि चौधरी यूवकले समेत आफ्ना आफन्तलाई मर्ने धम्की दिएका थिए । दुबैले एकआर्का बिच छुट्टीएर बस्न नसक्ने बताएपछी दवावमा परेका दुबैपक्षका आफन्त उनीहरुको विवाह गरिदिने टुङ्गोमा पुगे। चौधरी युवक र सम्झनाको विवाह गरिदिन दुवैपक्षका अविभावकका विच आईतबार कुराकानी चलिरहेको थियो । सोही क्रममा एकाएक आत्माहत्याको कुरा आयो मृतक सम्झनाकी आमा सीतामायाले सुनाईन् । अरु कोही दोषी छैनन् । छोरीले बुद्धि विगारी उनले सुनाईन् ।
सम्झनाले त मनपराएको युवक नपाउँदा ज्यान फलिन होला तर सुस्मीताले किन त्यसो गरिन् ? भन्ने हाम्रो प्रश्नमा स्थानिय बनु पाख्रिनका अनुसार दुवैजनाले एकै यूवालाई मन पराएको हुनसक्ने बताईन् । सम्झना र सुस्मीता दिदि बहिनी मात्रै नभएर असाध्यै मिल्ने साथी थिए । घाँस दाउरा गोठालोसँगै उनीहरुको गाँसबास समेत सँगै हुन्थ्यो । मजाक गरेझैं उनीहरु एउटै केटासँग विवाह गर्ने, सँगै मर्ने, सँगै बाँच्ने कुरा गर्थे उनले सुनाईन् ।
किशोरीहरुले आत्माहत्या गर्नुपूर्व आफ्ना देब्रेहातमा आर प्लस एस भनि ब्लेडले लेखेको पाईएको छ । उनीहरुले दुवैले मन पराउने केटाको नाम राहुल भएको र सोको अंग्रेजी पहिलो अक्षर आर र आफ्नो नामको पहिलो अक्षर एस लेखिएकाले दुवैले एकैयुवकलाई मन पराएको हुन सक्छ । सोही यूवकसँग विवाह गर्न परिवारले नदिएको झोकमा गलत कदम उठाएको हुन सक्ने स्थानिय समेत रहेका वडा नं.१८का वडा सदस्य कुमार लामाले बताए ।
सोमबार विहान घरमा खाना खाएर निस्कीएका उनीहरुको  केही घण्टा नवित्दै विहान ११ ः०० बजे कोल्हवी नगरपालिका वडा नं. ८को काँठगाउँ नजिकै पिठारीको रुखमा झुण्डीएको अवस्थामा शव फेला परेका थिए ।
अशिक्षा, अज्ञानता र अल्लारे पनको उपज किशोरीहरुको आत्माहत्या भएको प्रारम्भीक अनुसन्धानले देखिएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले जानकारी दिए । एकै यूवकसँगको प्रेममा रहेका उनीहरुलाई परिवारले कलिलै उमेरमा विवाह गर्न नहुने भनि सम्झाएको पाईयो । सोही झोकमा उनीहरुले गलत बाटो रोजेको अनुन्धनबाट बुझिन्छ ।
मृतक किशोरीहरुको शव जिल्ला अस्पताल कलैयामा पोष्मार्टमका लागि राखिएको छ । आज नभ्याईएकाले मंगलबार मात्रै पोष्मार्टमपछि उनीहरुको शव परिवारको जिम्मा लगाईने प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here