कृष्णउदास खनाल
गोरखा, प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ नम्बर निर्वाचन क्षेत्रबाट फराकिलो मतान्तरका साथ विजयी हुनु भएको छ ।५४ हजार ३१ मत खसेकोमा प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गर्नुभएको छ । त्यसै गरेर एमालेका अब्दुश मियाले७ हजार ३ सय ९३ मत प्राप्त गरेर तेश्रो स्थानमा पुग्नु भएको छ । । सम्पूर्ण मत गन्दा ३हजार १ सय २४ मत बदर भएको छ।यो प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट सुरेन्द्र पाँण्डे र फडिन्द्र देवकोटा बिजयी भइसक्नु भएको छ भने गोरखाको क्षेत्र नम्बर १ मा पनि सत्ता गठबन्धनकै उम्मेदवार नेपाली काँग्रेसका राजेन्द्र बजगाइ बिजयी हुनु भएको छ भने प्रतिस्पर्धीमा एमालेका रामशरण बस्नेत देखिनु भएको छ । क्षेत्र नम्बर १ को प्रदेशमा भने माओवादीका कृष्ण धिताल र काँग्रेसका नन्दप्रसाद न्यौपाने बिजयी हुनु भएको छ । गोरखा क्षेत्र नम्बर २ मा प्रचण्डको मत अपेक्षाकृत कम आएको र घण्टीमा मत धेरै झरेपनि माओवादीहरु भने सशंकित भएका छन् ।