कलैया – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीले सहिद सप्ताहाको अवसरमा आज करैयामाई गाउँपालिकामा शहिद मुखलाल महतोको स्मृति दिवस मनाउने भएको छ । नेकपाले जिल्लाको नरही स्थित नरही बजारमा आफना कार्यकर्ताहरुलाई भेला गराएर विशेष कार्यक्रमका साथ दिवस मनाउन लागेको हो ।
एकदलिय निरंकुश पन्चायति व्यवस्था विरुद्धको किसान आन्दोलनको क्रममा तत्कालिन शासकहरुले महतोको जिल्लाको गढहलमा गोली हानी हत्या गरेको किसान सहिद महतोको स्मृतिमा कार्यक्रम गर्न लागिएको नेकपाका नेता एंव शहिद मुखलाल स्मृति प्रतिष्ठान, नेपालका अध्यक्ष पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी सहिद दिवसकै अवसरमा अखिल नेपाल किसान संघ र प्रष्ठिानले शनिबार कलैयामा बारा, पर्सा र रौतहटका किसानका समस्या बारेमा वृहत अन्तरक्रिया कार्यक्रमसमेत गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिनयो । प्रतिष्ठानले नरहीमा सहिद महतोको अर्धकदको शालिक समेत निर्माण गरेको छ । नेकपा बाराका कार्यकर्ताहरुले हरेक बर्ष माघ १६ गते मुखलाल स्मृति दिवस मनाउदै आएका छन ।