भदौ २३ र २४ गते नेपालमा भएको प्रदर्शन अकल्पनीय थियो । मुख्यतः नयाँ पुस्ताले उठाएको मुद्दा थियो भ्रष्टचार नियन्त्रण र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली । अनि ठूला भनिएका राजनीतिक दलमा पनि परिवर्तन । ठूला भनिएका दलमा संधै एउटै व्यक्ति नेतृत्वमा पुग्ने अनि चाकडी प्रवृत्ति पनि एकदमै देखिएको भन्दै त्यसमा पनि आक्रोश देखियो र यसैका कारण देशमा ठूलो क्षति भयो ।
मानवीय र भौतिक दुबै क्षतिले देश अझै राम्रोसँग अगाडि बढ्न सकिरहेको छैन । केही घाइतेहरु अझै उपचारमा छन् भने केही उपचार पछि पनि असंतुष्ट देखिएका छन् । यो आन्दोलनपछि दलीय संरचना भने नेपालमा कमजोर देखिएको छ । दलहरु सबै प्रतिरक्षामा पुगेका छन् । अब उनीहरुले नयाँ पुस्ताको भावना अनुसार काम गर्नुपर्ने चुनौती देखिएको छ । मुख्य त दलहरुले अब संधै पदमा रहने लालच भने त्याग्नु पर्नेछ ।
भ्रष्टचार त अब कसैले पनि गर्ने हिम्मत नगर्लान नै तर संधै पदमा रहेर हालीमुहाली गर्ने सपना पनि नदेख्दा नै उचित हुनेछ । यो पनि नयाँ पुस्ताको आन्दोलनले सिकाएको पाठ हो । तर पनि केही नेता र पार्टी भने रुपान्तरण हुने अवस्थामा देखिदैन । मुख्य त एमाले र काँग्रेसका बिरुद्धमा बढी आक्रामक देखिएको नयाँ पुस्ता यी पार्टीहरु तुरुन्तै रुपानतरण हुने देखिदैन । केपी शर्मा ओली र शेरबहादुर देउवा अब नेपालको राजनीतिमा सक्रिय नभएकै राम्रो हो तर फेरि पनि एमालेका अध्यक्षमा लालचा देखिएको छ । काँग्रेसका सभापतिको त कुरा आएको छैन र देउवा पक्षधरले छाड्ने लक्षण नदेखिएकाले पनि ठूला दलमा समस्या अझै छ ।
















