अब देश राष्ट्रिय सभाको निर्वाचन तिर अगाडि बढिरहेको छ । ५९ पदका लागि हुने निर्वाचनमा दलहरुको बिभिन्न रणनीतिहरु देखिन्छ । कोही गठबन्धन गरेर त कोही एक्कै त कोही भने पर्ख र हेरको अवस्थामा पनि देखिन्छ । यही निर्वाचनका लागि लक्षित गरेर नेपालका लगभग ठुला भनिएका दलहरुले आइतवार नै उम्मेदवारको नाउँ पनि सार्वजनिक गरेको देखिन्छ । उनीहरुलाई पार्टीले विभिन्न तौरतरिकाबाट छानेको पनि भनिएको छ ।राष्ट्रिय सभाको निर्वाचन भइरहदाँ यो सभाको विषयमा पनि जान्न आवश्यक छ । नेपालको संसदमा रहेका दुई सदन मध्ये राष्ट्रिय सभा माथिल्लो सदनको रुपमा चिनिन्छ । तल्लो सदनबाट पारित भएका नीतिहरु तर्जुमा गरेर कयौं नीतिहरु माथिल्लो सभाबाट नै बनाउनु पर्दछ । यो सभाले नीति निर्माणको क्षेत्रमा निकै महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्दछ । यो अर्थमा राष्ट्रिय सभामा जाने ब्यक्ति सामान्य भएर मात्रै हुदैन ।तर, भागबण्डामा रहेको नेपाली राजनीतिमा आइतवार सार्वजनिक भएका केही उम्मेदवारले त यसको महत्व नै नबुझेको स्पष्ट हुन्छ । यस्तालाई सांसद बनाएर नीति बन्नेमा शंका नै छ यद्यपि सबैले जित्छन नै भन्ने त छैन तर छनौट भएका मध्यबाट नै उनीहरु सदनमा पुग्ने भएकाले दल र तिनका नेताहरुले पनि उम्मेदवार चैं बौद्धिक नै चयन गर्नु पर्दछ । नेताका नजिकका मान्छेभन्दा पनि नीति बनाउन सक्ने मान्छे रोज्न आवश्यक देखिन्छ तर नेपालमा कहिल्यै पनि यस्तो भएको भने छैन ।

Leave a Reply