कलैया,आन्तरिक विवादका कारण लामो समयदेखि बन्द रहेका सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य तथा शैक्षिक संस्था आइतवारदेखि सुचारु हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालय बारामा भएको छलफलमा सहमति जुटेसंगै स्वास्थ्य र शैक्षिक संस्था संचालनमा आउने भएका हुन् ।प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको कार्यकक्षमा सम्पन्न छलफलमा नगर प्रमुख किशोरी साह कलवारले कर्मचारी, शिक्षकको मागलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । नगर प्रमुखको प्रतिवद्धतासंगै लामो समयदेखि आन्दोलनरत कर्मचारी र शिक्षक काममा फर्कन तयार भएका हुन् ।
छलफलमा नगर प्रमुख कलवारले पुस १५ गतेभित्र शिक्षक, कर्मचारीको तलब सुविधा उपलब्ध गराउने बताउनुभएको छ । तलब सुविधा निकासा भएपछि अस्थायी, करार, ज्यालादारी कर्मचारीले राखेको मागलाई सम्बोधन गर्न नगर प्रमुख कलवार छलफलमा तयार हुनुभएको हो ।छलफलमा प्रमुख जिल्ला अधिकारी सापकोटाले आन्तरिक समस्या संवादबाट समाधान गर्न आग्रह गर्दै सेवा प्रवाह नरोक्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply