६ असोज, काठमाडौं । दशैं नजिकिएसँगै राजधानी छाड्नेको भीड तीव्र बन्दै गएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका तथ्यांकअनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म २४ घण्टाभित्र ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

उही अवधिमा २८ हजार यात्रु उपत्यकामा भित्रिएका छन्। दशैंको घटस्थापनाको दिनदेखि निजी कार्यालय, कलेज र विद्यालयहरु बिदा हुन थालेका कारण गाउँ फर्किनेको संख्या झन् बढ्ने अनुमान गरिएको छ। सरकारी बिदा भने फूलपातीदेखि मात्र सुरु हुन्छ।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि सुरक्षा स्थिति सामान्य बनेसँगै राजधानी छाड्नेको संख्या बढ्न थालेको ट्राफिक प्रहरीको भनाइ छ।

हालसम्म बसपार्क र उपत्यकाका प्रमुख नाकामा भीड त देखिए पनि अवस्था नियन्त्रणमै रहेको प्रहरीको भनाइ छ। यद्यपि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण ४० घण्टासम्म अवरुद्ध हुँदा सवारी चाप बढेको थियो। सडक खुलिसकेकाले अब विस्तारै सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ।

Leave a Reply