अहिले प्रतिपक्षमा रहेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नयाँ वर्षको अघिल्लो दिन नयाँ वर्ष २०८२ शुरु भएसँगै नयाँ सरकार बन्ने कुरा गरेपछि नेपाली राजनीतिमा एउटा तरंग उत्पन्न भएको छ ।वर्तमान काँग्रेस र एमाले मिलेर सरकार बनेको खासै लामो समय भएको छैन । संख्याको हिसावले यो निकै महत्वपूर्ण र अर्थपूर्ण पनि छ । सरकार संचालनका लागि बाहिर देख्दा धेरै समस्या पनि छैन तर किन प्रचण्डले भनेको जस्तो सरकार फेरिने अवस्था आयो वा नयाँ सरकार किन चाहियो भन्ने कुरा मुख्य हो ।

मानौं केपी ओलीको ठाउँमा शेरबहादुर देउवा वा अरु कुनै प्रधानमन्त्री भएको खण्डमा के यो देशमा परिवर्तन भइहाल्ने होर? वर्तमान सरकारले जनतामा आशा भन्दा निराशा धेरै दिएको छ । यो सत्य नै हो । जनता वर्तमान सरकारबाट खुसी छैनन् तर केपी ओलीको ठाउँमा अहिले अरु कोही प्रधानमन्त्री बन्दैमा मुलुकको समस्या समाधान हुने पनि होइन । होला देशभित्र र बाहिर रहेका केही तत्वलाई फाइदा होला तर देश र जनताका लागि केही फरक पदैन । बरु यही सरकारले कामलाई प्रभावकारी बनाउने राम्रो हो ।

माओवादी सरकारमा जाँदैमा यो देशमा अब कायापलट हुदैन । यो कुरा नेपाली जनताले बुझेको कुरा भएपनि भ्रम फेरि छरिदैन र केही तत्वको खेल पक्कै छ ।यो भनाइको आशय केपी ओलीको सरकार एकदमै उत्कृष्ट भन्ने होइन तर सरकार परिवर्तन र अस्थिर नेपालको राजनीतिक समस्या होइन ? यही सरकार वा काँग्रेस,एमालेका सहमति अनुसारको सरकार बनेर चुनावमा दलहरु गएर नयाँ सरकार बनाए हुन्छ तर सरकार परिवर्तनको चैं अर्थ छैन ।

Leave a Reply