वीरगञ्ज,भारतबाट भन्सार छलीको सामान ल्याउन प्रहरीले कडाइ गरेपछि पर्साको जानकीटोलामा स्थानीयले सशस्त्र प्रहरीविरुद्ध सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।सशस्त्र प्रहरी भिखमपुर बेस क्याम्पले भारतबाट घरायसी सामान समेत ल्याउन नदिएकोभन्दै जानकीटोलाका स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
सशस्त्र प्रहरीको भिखमपुर बेस क्याम्पले भारतबाट घरायसी प्रयोजनका लागि सामान समेत ल्याउन रोक लगाएपछि उनीहरुले सशस्त्र प्रहरी विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।सीमा नाकामा भन्सार छलीका सामान भित्र्याउन नदिन कडाई गरेपछि स्थानीयहरुले सशस्त्र प्रहरीको विरोध गरेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताउनुभयो । अहिले त्यहाँको अवस्थामा सामान्य भएको उहाँले बताउनुभयो ।



















