डुमरवाना, ५ साउनؘ– तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएको लामो समय बितिसक्दा पनि दुबै पार्टी निकट मजदुर संघठनहरुको एकता हुन नसक्दा मजदुरहरु निराश बनेका छन । माओवादी निकट मजदुर संगठन अंन्टुक र एमाले निकट मजदुर संगठन जिफन्टको एकता हुन नसक्दा पार्टी समर्थक मजदुरहरुमा निराशा छाएको हो । यसैबीच तत्कालिन एमाले निकट जिफन्ट २ नम्बर प्रदेश कमिटीले ३० औ स्थापना दिवसका ेअवसरमा सिमरामा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
सो कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन । प्रदेश कमिटीका अध्यक्ष कमलेश झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिफन्टका नेकपा केन्द्रीय कमिटी सदस्य दिनेशकुमार राइले रगतको पोका हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो भने नेकपाका नेता मनोज पौडेलले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामी, पूर्व उपाध्यक्ष अमृतलाल श्रेष्ठ, सन्चारकर्मी बिदुर खडका, सारदा पोखरेललगायतको उपस्थितिरहेको थियो । कार्यक्रममा नेकपाकी नेतृ सरिता सुब्बा, जिफन्टका जिल्ला अध्यक्ष मुक्ति चौधरी, जिफन्टका नेताहरु प्रेमसिह, महेश चौधरीलगायत ४६ जनाले रगतदान गर्नुभएको थियो । कार्यक्रममा नेपाल रक्तसञ्चार केन्द्र वीरगंजको टोलीले प्राविधिक सहयोग गरेको हो .।