शनिवार इलामको क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि त्यहाँका मतदाताहरुले मतदान गरेका थिए र त्यसको मत परिणाम आजबाट आउन शुरु भएको छ ।  निर्वाचन भएपछि एकजनाको जित त निश्चित नै छ साथमा कसले मौकामा चौका हान्ला त्यसको विषयमा समीक्षा गर्दै गरौंला तर अहिले उपनिर्वाचन र यसले दिएको संदेशको विषयमा भने समीक्षा गर्न आवश्यक छ ।
एक त उपचुनाव भनेकै परिस्थितिले सृजना गर्ने कुरा हो । कसैले चाहदैमा भने यो हुदैन । इलाममा भयो तर मत चाही भने जसरी खसेन तैपनि खसेको छ ।मतदानका विषयमा नेपाली नागरिकहरु अझै पनि केही व्यक्तिले भनेको जस्तो वाक्क भइसकेको देखिदैन । करिब ६० प्रतिशत मत खस्नु भनेको राम्रो कुरा हो, दल र निर्वाचन आयोगका लागि । नेपालीहरुको परिपाटी फटाफट आँखा चिम्लिए आफ्नो अमुल्य मत दान गरिहाल्ने अनि पछि दल र उनका नेतालाई गाली गर्ने बानी छ । यो बानी इलामका जनताका हकमा पनि लागू होला तर अब नहोस् उनीहरुले राम्रै उम्मेदवारलाई चुनेर पठाएका होलान् आशा गरौं । परिणाम कुरौं ।
 यद्यपि उपचुनावले केही संदेश भने दिएकै छ । चुनावको घोषणा भएपनि सानु समूह यसको विरोधमा रहेका देखिन्छ । करिब ४० प्रतिशत जनसंख्याले मत नदिनु भनेको पनि सानु समूह पनि नहोला फेरि मतदानमा नागरिकहरुको चासो चैं देखिन्छ । हुन त लोकतन्त्रमा यसको विकल्प पनि छैन । धेरै राजनीतिक दलले यसलाई आगामी २०८४ सालका चुनावको पूर्व तयारीका रुपमा पनि लिएकाले यो निर्वाचनले दिने संदेश भने महत्वपूर्ण र अर्थपूर्ण भने छ ।

Leave a Reply