हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले लकडाउनको मौका छोपेर हेटौंडा वजार क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्न थालेको छ । वजार क्षेत्रमा अरु वेलामा खाल्डा पुर्दा सवारी चापले गर्दा ट्राफिक जाम हुने समस्या हुने भएकाले लकडाउनको समयमा खाल्डाखुल्डी पुर्न सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
मंगलबारबाट हेटौंडाको टीसीएन रोडमा देखिएका खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ । पिच सडकमा खाल्डा हुँदा सवारीका साधन सञ्चालन गर्नका लागि समस्या हुने भएकाले अहिले सडक खाली भएको समयमा खाल्डा पुर्न लागिएको उहाँले वताउनुभयो । सडकमा खाल्डा पर्ने अभियान वजार क्षेत्रमा निरन्तर गरिने उहाँले वताउनुभयो ।