कृपा संवाददाता
काठमान्डौं । काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो धुँवा फैलिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्मका लागि बन्द गरिएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को सूचना नभएसम्म सामान्य उडानहरू रोकिएका छन्। तर आपत्कालीन तथा मेडिकल उडान भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
यसअघि विमानस्थललाई मंगलबार अपराह्नदेखि आज मध्याह्न १२ बजेसम्म बन्द गर्ने निर्णय गरिएको थियो। तर धुँवा नहटेकाले अवधि थपिएको हो।

















