निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति आधारभूत विद्यालय खोल्माटोलको ३४ औं विद्यालय जयन्ति तथा अभिभावक भेला आइतवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चौलागाईको अध्यक्षतामा भएको सो भेलामा विद्यालय संस्थापक अम्बिकाप्रसाद चौलागाई, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजप्रसाद चौलागाई, एकबहादुर चौलागाई, तेजप्रसाद गौतम, पूर्वप्रधानाध्यापक रामेश्वर अधिकारी, स्वर्गीय प्रअ भक्तिसार तिमल्सिना, निवृत शिक्षक जगतमान लामालगायतलाई सम्मान गरिएको थियो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष सूर्यबहादुर थापामगर, गौरीशंकर मावि सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिनालगायत विद्यालयका अभिभावकहरुको उपस्थिति रहेकोे थियो । विद्यालयका प्रधानाध्यापक शिवप्रसाद नेपालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयका बालबालिकाले साँस्कृतिक कार्यक्रसमेत प्रर्दशन गरेका थिए ।



















