वीरगञ्ज,पछिल्लो समय वीरगञ्जमा रगतको माग अत्याधिक बढ्दै गएको छ ।माग बढेसँगै रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभावको समस्या देखिन थालेको छ ।बारा र पर्साका विभिन्न स्थानमा रक्तदान कार्यक्रम भइरहे पनि रगतको आवश्यकता बढेको हुँदा आपूर्तिमा कठिनाइ भइरहेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले बताउनुभयो ।

मागको तुलनामा संकलन कार्य न्यून भएपछि विभिन्न समूहहरूको रगतको अभाव झेल्नुपरेको उहाँको भनाई छ । यसले गर्दा बिरामीहरूको जीवन संकटमा पर्ने स्थिति आएको प्रमुख पाण्डेको भनाई छ ।रक्तसञ्चार केन्द्र वीरगञ्जबाट दैनिक ७० देखि एक सय पोइन्ट रगत खपत हुने गरेको छ । जसमध्ये बि पोजेटिभ समूहको रगत मात्रै ५० पोइन्ट खपत हुने गरेको पाण्डेले जानकारी दिनुभयो ।

खपत हुने रगत समूहमध्ये आधाभन्दा बढी बि पोजेटिभ रगत हुने गरेको उहाँले बताउनुभयो । सो समूहका व्यक्तिलाई केन्द्रमा आएर रक्तदान गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । रक्तसञ्चार केन्द्र वीरगञ्जले विभिन्न संघ–संस्था, विद्यालय, कलेज र अन्य सामाजिक समूहहरूलाई रगत दान कार्यक्रम आयोजना गर्न पनि अनुरोध गरेको छ ।
बि पोजेटिभसँगै ओ पोजेटिभ, एबी पोजेटिभ रगतको माग पनि उत्तिकै हुनेगरेको उहाँले बताउनुभयो ।
केन्द्रमा नेगेटिभ समूहको रगतको माग भने अत्यन्तै कम आउने गरेको बताइएको छ ।

Leave a Reply