कृपा संवाददाता
काठमान्डौं । जेनजी आन्दोलनको क्रममा मंगलबार साँझ राजधानीको महाराजगञ्जमा दुई प्रहरीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत एक असईसहित दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको हो ।

घटनाबारे थप विवरण संकलन भइरहेकाले अन्यत्र पनि प्रहरी मृत वा घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । प्रवक्ता घिमिरेले भने, “कतिपय प्रहरीहरूसँग सम्पर्क हुन सकेको छैन, त्यसैले अहिल्यै निश्चित भन्न सक्ने अवस्था छैन ।”

Leave a Reply