निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले विषेश सूचनाको आधारमा आइतबार राति २५ केजी अबैध गाँजा सहित एक जनालाई पक्राउ गरेकोमा सोमबार सार्वजनिक गरेको छ ।

आइतबार राती ९ बजेको समयमा प्रहरीले निजगढ नगरपालिका वडा न. १२ बारथली बस्ने ५८ वर्षका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

लोसहित ३ जना व्यक्तिले मकवानपुर तर्फबाट बोकी ल्याउँदै गरेको अवस्थामा लागू औषध गाँजा सहित उनी पक्राउ परेका हुन् । बोरामा गाँजा बोकी आउने क्रमा प्रहरीलाई देख्नासाथ बोरा फाली तीनै जना भागेका थिए । भाग्ने क्रममा उनलाई मा पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ परेका लो सहितले बोकी आएको ३ वटा बोरामा क्रमश ७÷७ र ११ किलो गरी जम्मा २५ किलो ग्राम लागू औषध गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका लोलाई जिल्ला अदालत बारामा लागू औषध मुद्दामा म्याद थप गरिएको छ । यस्तै फरार रहेका २ जना व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

Leave a Reply