आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वामा नेकपा एकीकृत समाजवादीको मंगलवार कार्यकर्ता भेला सम्पन्न भएको छ ।नेकपा एकीकृत समाजवादी किसान महासघको राष्ट्रिय सचिव बतहु यादवको प्रमुख आतिथ्य तथा नेकपा एस सिम्रौनगढ नगर कमिटी अध्यक्ष रमेश पन्जालीको अध्यक्षता सम्पन्न भएको सो भेलाले पार्टी बिस्तार तथा सुदृढीकरण गर्ने र आगामी चैत्र २२ गते हुन लागेको अखिल नेपाल किसान महासघ राष्ट्रिय समितिको बिस्तारित भेलाको तयारीको बारेमा छलफल भएको थियो ।किसान महासघ राष्ट्रिय समितिको बिस्तारित भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधव नेपालबाट हुने बताइएको छ । भेलामा नेकपा एकिकृत समाजवादीका स्थानीय नेता, कार्यकर्र्ता र समर्थकहरुको उपस्थिति रहेको थियो ।