कुनै पनि देशको स्थायी सरकार भनेको कर्मचारी नै हो । नेपालको सन्दर्भमा त झन् यो कुरा यसैपनि बढी लागू हुन्छ किनभने नेपालमा निजामती कर्मचारीहरुका लागि छुट्टै निकाय लोक सेवा आयोग नै छ र यसले हरेक वर्ष कम्तीम चारदेखि पाँच हजार नयाँ कर्मचारी भर्ना गर्ने गर्दछ । एकजना व्यक्ति कम्तीमा १८ वर्षमा नै लोक सेवा लड्न पाउछ र झण्डै ६० वर्ष उमेरको हुँदासम्म सेवा गर्नका लागि अवसर नेपालमा दिइन्छ ।
बिश्वमा यस्तो अभ्यास सबै देशमा नहोला तर नेपालमा यस्तो प्रावधान छ र यो अर्थमा पनि नेपालका लागि स्थायी सरकार भनेको कर्मचारी नै हो ।
आज यिनै कर्मचारीहरुको दिवस । विभिन्न कार्यक्रम गरी मनाइदैछ । कर्मचारीहरुले झेल्न परेको समस्याका विषयमा पनि यो देशमा छलफल बहस होला नै तर आज दिवस मनाइरहदा कर्मचारीतन्त्रलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर कर्मचारीतन्त्रले सोच्न पनि जरुरी छ । हरेक निकायमा कर्मचारीहरुको प्रमुख हुन्छन् नै । समस्या केही भए प्रमुखबाट नै समाधान हुने गरेका छन् र हाकिमकै समस्या भए नीति नियम छदैछ ।
अहिले कर्मचारी र जनप्रतिधि मिलेर काम गर्न पर्ने अवस्था छ । नेपालमा धेरै लामो समय स्थानीय तहमा भने कर्मचारीहरुले शासन गरे । राम्रो नराम्रो के भयो त्यो फरक कुरा भयो तर कर्मचारीले पनि स्थानीय निकाय चैं सम्हालेका थिए । त्यसैले जनप्रतिनिधिहरुले पनि कर्मचारी केही होइनन् भन्नु ठीक नहोला र कर्मचारीले पनि जनताको प्रतिनिधिको खादर गरेको खण्डमा समस्या आउदैन । यो वातावरण संधै बनोस्, निजामती कर्मचारी दिवसको शुभकामना ।

Leave a Reply