अहिले सामाजिक संजाल एउटा कुराले निकै तातेको देखिन्छ । भदौ २४ गतेसम्म सरकारको नेतृत्वमा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको वा पक्राउ पर्नुपर्छ वा पर्नुहुन्न भन्ने जस्ता कुराले अहिले संजाल तातेको देखिन्छ ।
मुख्यतः भदौ २३ र २४ गतेको घटनाका सवालमा सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा एक छानबिन आयोग गठन गरेको छ । त्यही आयोगले बयानका लागि निवर्तमान प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई बयानका लागि बोलाएको तर उहाँ नगएको भन्ने कुरा बाहिर आएको छ ।

यो आयोगले कत्तिसम्म पारदर्शी तवरले काम गर्ला, त्यो फरक पाटो हो तर आयोगमा बयान दिँदा उचित हुनेछ ।
यदि गल्ती गरेको नै छैन भने बयान दिँदा बिग्रने कुरा पजि केही छैन । केपी ओलीलाई एक पक्षले जसरी जवरजस्ती हत्यारा भनेर प्रचार गरिरहेको छ, त्यसको जवाफका लागि पनि आयोगमा गएर बयान दिँदा केपी ओलीकै उचाइ बढ्ने हो । प्रधानमन्त्री भएको व्यक्ति आयोगले बोलाउदैमा कसरी बयानको लागि जाने भन्ने भ्रम पनि नराख्दा हुन्छ । किनभने प्रधानमन्त्रीले पनि समय र परिस्थितिसंगै झुक्न र चल्न सिक्नु पर्दछ ।

घमण्डले कसैलाई फाइदा गर्दैन । मानौं, पक्राउ गरेर केपी ओलीलाई बयानका लागि लैजाने दिन आयो भने अथवा पक्राउ नै गरेको खण्डमा के होला ? सत्य कुरा बताउनका लागि सानो मान्छे भएपनि केही फरक पर्दैन ।त्यो घटनामा सरकारको नेतृत्व गरेकै आधारमा ओपीलाई दोषी ठहर गर्न पनि पाइदैन । ओलीलाई दोषि करार गर्न माग गर्ने जमात पनि देशभित्र छ । तर बयानका लागि जाँदै जान्न अनि मै ठूलो हो भन्ने घमण्ड राखेर बस्ने हो भने निर्दोष नै भएपनि ओलीप्रतिको सहानुभूति बढ्नेवाला छैन । बरु आयोगले बोलाएको समयमा बयानको लागि गएर अध्यक्ष ओलीले आफ्ना कुराहरु राख्नु नै बुद्धिमान हुनेछ । र त्यो दोषबाट बेलैमा सफाइ लिनु राम्रो होला ।

Leave a Reply