निजगढ,निजगढ नगर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा इन्दीप कोइराला मनोनीत हुनुभएको छ ।
संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कोइरालालाई कार्यसमितिको सदस्यमा मनोनीत गरेको हो ।कार्यसमितिको १७औँ बैठकको निर्णयअनुसार सदस्यमा मनोनीत गरिनुभएका कोइरालालाई हिजो प्रमाणपत्रसहित संघको कार्यालयलमा स्वागत गरिएको संघका महासचिव गोविन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
निजगढ नगरपालिका– ८ निवासी कोइराला नयाँ पत्रिका र एभिन्युज टिभी बाराका संवाददाता तथा निजगढ न्युजका सञ्चालकसमेत हुनुहुन्छ । नेपाल फोटो पत्रकार महासंघ बाराका सचिवसमेत रहेका कोइराला नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्यसमेत हुनुहुन्छ ।

Leave a Reply