कलैया,बाराको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसको सभा सम्पन्न भएको छ ।

‘जनतासँग नेपाली कांग्रेस’ केन्द्रीय कार्यक्रम अन्तर्गत बिहीवार सभा सम्पन्न भएको हो । सभामा कांग्रेसका केन्द्रीय सदस्य एवंम् पूर्वसांसद रमेश रिजाल, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वसांसद रामअयोध्या यादव, नेपाली कांग्रेस बाराका पूर्वसभापति जयचन्द्र चौरसिया, शम्भुबहादुर बुढाथोकी, महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादव, प्रदेश सहमहामन्त्री जयनारायण यादव, जिल्ला समितिको उपसभापतिद्वय मनोज भट्ट, अमिरिलाल पाल, जिल्ला समितिका सचिवद्वय भैयाराम यादव, राजेश रौनियार, क्षेत्रीय सभापति विजयशंकर यादव, प्रभात चौरसिया लगायत कांग्रेसको प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।

उपसभापति भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यादवले गर्नुभएको थियो । कार्यक्रममा कांग्रेश संस्थापन पक्षका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply