निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवनको शिल्यान्यास भएको छ ।निजगढ ९ को ठाडो लाइनमा बुधवार स्थानीय दाताले दान गरेको २ कठ्ठा जमिनमा प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामा र विशिष्ट अतिथि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले भवनको शिल्यान्यास गर्नुभएकोे हो ।वडा अध्यक्ष रामचन्द्र कटवालको अध्यक्षतामा भएको सो भवन शिल्यान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लामाले भवन निर्माणको लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । भवनको दोस्रो तल्लाको लागि आगामी आर्थिक वर्षमा आवश्यक रकम उपलब्ध गराउने जनाउनुभएको हो ।त्यसैगरी नगरप्रमुख पुरीले भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने तिर्थमान लामाको परिवारका सदस्यहरुलाई धन्यवाद दिदै नगरपालिकाले उचित सम्मान गर्ने बताउनुभयो । उहाँले भवनको गुणस्तरमा कुनै अवस्थामा पनि संझौता नगर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरका पूर्व नगरप्रमुख सुरेश खनाल, पूर्व उपप्रमुख लिलादेवी लामिछाने खनाल, स्थानीय राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।स्थानीय तिर्थमान लामाले दान गर्नुभएको जमिनमा निजगढ नगरपालिकाको करिव ३८ लाख लगानीमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो । चालु आर्थिक वर्षभित्रमा भवनको पहिलो तला निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कार्यअघि बढाइने बताउनुभयो ।


















