पुष्पराज खतिवडा
बारा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १८ को मनहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था हरेक वर्ष तीज पर्वमा सदस्य महिलाहरुको लागि माइतीघर जस्तै बन्ने गरेको छ ।विभिन्न कारणले माइत जान नपाएका संस्थाका शेयर सदस्य महिलाहरुले संस्थाको कार्यालयमा भेला भएर सामुहिक रुपमा दर खाएर नाचगानसहित रमाइलो गरेर तीज मनाउने गर्दैआएका छन ।

यस वर्षको तीजमा पनि शनीवार करिव ३ हजार शेयर सदस्य महिलाहरुले विगतका वर्षहरुमा झै भेला भएर सामुहिक रुपमा तीज पर्व मनाएका छन । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सेवा केन्द्र उत्तर झिट्कैंयाले स्थानीय सामुदायिक वनको पिकनिक पार्कमा सामुहिक दर खाने कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा पूर्वमन्त्री एवंम बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद ज्वालाकुमारी साह प्रमुख अतिथिका रुपमा सहभागि हुनुभएको थियो । मधेसी महिलाहरुको व्यापक उस्थितिमा आयोजित कार्यक्रमा उहाँले महिला सशक्तीकरणका विषमा कुरा राख्दै सहकारीको तीज अभियानको प्रशंसा गर्नुभयो ।

विगत ८ वर्षदेखि सहकारी संस्थाले आफ्ना ३ हजार ५ सयभन्दा बढी महिलाहरुलाई तीजका अवसरमा दर खाने र रमाउने व्यवस्था गर्दैआएको छ । संस्थाले तीज मनाउन भनेर ३२ वटा टोल समूह तथा वडा समिति (अन्तर समुह) मा रहेका सदस्यको अनुपातमा ४ देखि १७ हजारसम्म रकम उपलब्ध गराउने गरेको छ ।यसरी संस्थाबाट पाएको रकममा सदस्यहरुले समेत थप गरेर दर सहितका सांगितिक कार्यक्रम, धार्मिक स्थलहरुको भ्रमण एवं टिका, चुरा, पोते वितरण गर्दै आएका सहकारी संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

‘यस वर्ष पनि तीजको अवसरमा कार्यक्रम भइरहेका छन् । यस्ता कार्यले महिला सशक्तीकरण र नेतृृत्व विकासमा ठुलो महत्व राख्ने गरेको छ ।’ अध्यक्ष खडकाले भन्नुभयो । उहाँले माइती टाढा भएका, जान नपाएका, माइती नभएका महिलाहरुलाई लक्षित गरेर दर खाने र रमाउने अवसरको रुपमा संस्थाले कार्यक्रम आयोजना गर्दै आएको उहाँको भनाई छ ।पछिल्लो समय सबैखाले सदस्य महिलाहरुको माइती बनेर एकदिन खाने रमाउने वातावरण बनाउने काम गर्दै आएको अध्यक्ष खड्काले बताउनुभयो ।

संस्थाले आयोजना गरेको तीज कार्यक्रममा पहाडीसंगै मधेशी समुदायका महिलाहरु पनि सक्रिय हुन थालेका छन् । मधेसी महिलाहरु पनि उत्तिकै खुलेर रमाउन थालेको मधेसी महिलामा पनि तीजको प्रभाव दिननुदिन बढिरहेको संस्थाकी उपाध्यक्ष श्यामताकुमारी रामले बताउनुभयो ।कार्यक्रमकी प्रमुख अतिथि सांसद साहले महिला कमजोर नरहेकोभन्दै समाज रुपान्तरण महिला अगाडि लागे मात्रै परिर्वनत संभव भएको बताउनुभयो । उहाँले अब श्रीमान् र घर परिवारका लागि महिला समस्या नभएर समाधान बन्नु पर्ने बताउदै एकले आर्काका पीडामा साथ दिनुपर्ने पनि बताउनुभयो । ।सांसद साहको मन्तव्यसंगै सामुहिक नृत्यमा खुलेर नाचगान समेत गर्नुभयो । पूर्वमन्त्रीलाई महिलाहरुले तानेर नेपाली तथा भोजपुरी तीजका गीतमा धेरैबेर आफुहरुसँगै नचाएका थिए ।

स्थानीय यूवाहरुको विकास क्लब, स्थानीय सुहानी ईग्लिस बोर्डिङ्ग स्कुल, कलैया उपमहानगरपालिका वडा नम्बर १६ को सहयोगमा सामुहिक दर कार्यक्रम भएको सेवा केन्द्र उत्तरझिट्कैंयाका प्रमुख मुकुन्दराज यादवले जानकारी दिनुभयो । क्लबका सदस्यहरु पोशाकसहित आएर कार्यक्रम व्यवस्थापन र अतितिको सत्कारमा सक्रिय बनेका थिए । सो अवसरमा स्कुलका बालबालिकाले एक दर्जन सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।यस्तै वडा कार्यालयले सहभागीहरुको लागि १ हजार २ सय बोतल स्वच्छ पिउने पानीको र ४० हजार नगद सहयोग गरेको थियो । यसैगरी १६ नम्बर वडाका अध्यक्ष शेषनाथ साहले व्यक्तिगत रुपमा नृत्यमा सहभागी बालबालिका र समाचार संकलनमा पुगेका पत्रकारहरुलाई प्रतिव्यक्ति ५ सय र एकहजार रुपैयाका दरमा करिब २० हजार रुपैंया नगद समेत सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, वडा सदस्य ओमप्रकाश यादव स्थानीय सामाजिक अगुवा शिवनाथ पटेल, शान्ति वन बाटिकाका हृदयनारायण यादव, अनिल कुशवाहा, महिला अगुवा उमरावती यादव, सामाजिक अगुवा गोरख यादव, पुनदेव साह, छविलाल यादवलगायत दर्जनौको सहभागिता रहेको थियो ।संस्थाकी अध्यक्ष खड्काको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामतले स्वागत एवं संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले संस्थागत जानकारी राख्नुभएको थियो ।कार्यक्रमको पर्साको १ प्लस टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गरेको थियो । पत्रकार श्याम पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply