सिमरा,समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) ले बुधवार परवानीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा १२ महिलासहित ५९ जना श्रमिकले रगत दान गरेका छन् ।नेपालको ट्रेड यूनियन आन्दोलनको ७८औं वार्षिकोत्सवको अवसर पारेर व्हिनले वीरगञ्ज २१ परवानीपुरस्थित ब्रिटानिया नेपाल प्रा.लि. परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा रेडक्रस सोसाइटी वीरगञ्ज शाखाले प्राविधिक सहयोग गरेको थियो ।व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्हिन मधेस प्रदेश कमिटीका उपाध्यक्ष रामतप्सी साह, उद्योगका प्रशासन प्रमुख विनोद साह र रेडक्रस सोसाइटी वीरगञ्जकी दिलमाया घिमिरेलगायतको उपस्थिथि रहेको थियो ।
ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको सहजीकरण राकेश ठाकुरले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मनिषकुमार चौहानले राख्नुभएको थियो ।

Leave a Reply