पर्सा,वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।महानगरकाअनुसार चालु आर्थिक वर्षमा सम्पत्ति कर शीर्षकमा सबैभन्दा धेरै १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रुपैयाँ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रुपैयाँ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिकाको राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गएको आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षमा दुई करोड ९५ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको बताउनुभयो ।गएको वर्षको नौ महिनाको तुलनामा यो आर्थिक वर्षमा राजस्व सङ्कलनमा सुधार देखिएको छ । गएको आर्थिक वर्षको नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।वीरगञ्ज महानगरले गएको आर्थिक वर्षमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here