निजगढ,बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले गुणस्तरहीन पशुआहारको बिक्री गर्नेमाथि कारबाही गरिनुपर्ने बताउनुभएको छ ।बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको १३औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद मैनालीले शनिवार सो कुरा बताउनुभएको हो ।‘बारा जिल्लामा मात्रै होइन, मधेस प्रदेशका अन्य जिल्लामा पनि कम गुणस्तरीय पशुआहारको बिक्री भइरहेको हुनसक्छ, उहाँले भन्नुभयो, जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन गरेर पशुआहर बिक्रेतालाई कारबाही गर्नुपर्छ ।’ उहाँले खुल्ला सीमा र पैसा कमाउनको लागि जस्तो सुकै काम गर्न पनि पछि नपर्ने केही व्यापारीका कारण कम गुणस्तरका सामग्रीहरु नेपालमा भित्रिने गरेको पनि बताउनुभयो । सांसद मैनालीले यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासंग कुरा गरेर पशुको आहारको बिक्री वितरणमा देखिएको कालोबजारी नियन्त्रण गर्न आफूले पलल गर्ने बताउनुभयो । उहाँले स्थानीय तहले पनि यस्तो कुराहरुको नियन्त्रणको लागि काम गर्नुपर्ने बताउनुभयो ।पशु बीमा र दुधको भुक्तानीमा देखिएको समस्या समाधनको लागि पनि आफूले पहल गर्ने उहाँले बताउनुभयो । ‘एउटा जनप्रतिनिधिको रुपमा किसानहरुको समस्या हल गर्न सहयोग गर्नु मेरा कतव्र्य हो, उहाँले भन्नुभयो, जहाँ जानुपरे पनि जान्छ, तपाईहरुको आवाज उठाउछु ।’कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले निजगढको आर्थिक अवस्था उकास्न दुग्ध क्षेत्रका भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यसलाई प्रोत्साहित गर्ने गरि नगरपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा समस्या समाधान गर्न नगरपालिकाले अग्रसता लिईरहेको बताउँदै लम्की स्कीन रोगबाट क्षति हुनबाट जोगाएको स्मरण गर्नुभयो ।कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव शरणकुमार पाण्डे,निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने खनाल, निजगढ वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, दुग्ध उत्पादक संघ बाराका सदस्य पुरुषोत्तम भट्टराई, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा (एमाले) निजगढका सचिव तिलक घलान, नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल, रास्वपा निजगढ अध्यक्ष रामहरी खरेल, राप्रपा निजगढ अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा (एकीकृत समाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, बागदेव दुग्ध उत्पादक संस्था पूर्वअध्यक्ष थानेश्वर सापकोटालगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साह, सदस्य उपेन्द्रकुमार सिंह, नगरपालिकाकी कार्यपालिका सदस्य सर्मिला वि.क., अर्जुन डासेली, वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, सहकारी शाखा प्रमुख अजयकुमार उप्रेती, पशु विकास अधिकृत युगलकिशोर सिंह, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र कलैया बाराका प्रमुख रामकिशोर साह, सार्वजनिक माध्यमिक विद्यालयका अध्यक्ष दुर्गा गौतम, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइराला, नेकपा (माओवादी केन्द्र) निजगढ नगर सचिव रमेशकुमार आर्याल, संस्थाका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम, टिकाराम तिमल्सिना, सप्तरेखी महिला पशुपालन सहकारी संस्थाकी अध्यक्ष सावित्री भारती, लोकप्रिय साकोसकी कोषाध्यक्ष अन्जु नेपाली, अवतार साकोसका अध्यक्ष अजय लामा, लक्ष्मी सनसाइज बैंकका पानालाल चौरसिया, कान्तिपुर भेट डिस्ट्रव्यूटरका अभिषेक तिवारी, दिपेश शर्मा, भाष्कर फार्मास्वटिकल प्रा. लि. का ओमप्रकाश साहलगायतको उपस्थिति रहेको थियो ।साधारण सभाको अवसरमा संस्थाको विकासको लागि योगदान गर्ने पूर्वउपाध्यक्ष तारानाथ चौलागाई, पूर्वसचिव बोधबहादुर तिमल्सिना, पूर्वकोषाध्यक्ष रामकुमार सिग्देल, पूर्वसदस्य रामशरण ढुंगाना, राजुकुमार सिग्देल, उद्धबप्रसाद बन्जारा, गोपिनी चौलागाई, नरबहादुर सापकोटा, लेखा संयोजक लिलाबहादुर राउतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सबैभन्दा बढी दुध बिक्री गरेर प्रथम हुने बकैयाठाकुर पशुपालन, खडगकुमारी कार्की, कुमार खड्का, कमल थापा, डिल्लीप्रसाद गुरागाई, दयाकुमारी लामिछाने, रेणुका सापकोटा, टिकामाया घोरसाइने, कुमारी दर्जी, बिष्णुमाया तामांङ्ग, बैजुप्रसाद पौडेल, चुडामणी दाहाल, पार्वतीमाया थिंङ्ग, नमराज तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । त्यसैगरी भैरबप्रसाल रिमाल, रन्जीत क्षेत्री, सूर्यबहादुर खड्का, निर्मल बजगाई, कुशबहादुर थापा, पबित्रा नेपाल, अम्बिका सिग्देल, मोहनबहादुर राई, बसुन्धरा दुलाल, इन्द्रमाया गिरी, गोर्वधन चौरेल, नन्दकुमारी गौतम, सुनमाया योन्जन र चुनुकुमारी आलेलाई सम्मान गरिएको छ ।सहकारी संस्थातर्फ भने अवतार साकोस, अैचोपैचो साकोस र सरल बहुउद्देश्य सहकारी संस्थालाई सम्मान गरिएको छ ।संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलको अध्यक्षतामा भएको साधारण सभामा सञ्चालन सचिव प्रकाशप्रसाद सापकोटा, स्वागत उपाध्यक्ष अर्जुनप्रसाद घिमिरे, कोषाध्यक्षको प्रतिवेदन मोहन सापकोटा र लेखा प्रतिवेदन व्यवस्थापक शौरभ अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

















