रौतहट,स्वतन्त्रता सेनानी स्व. पुण्यप्रसाद दाहालको स्मृतिमा चन्द्रपुरमा बृहत् साहित्यिक गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम– २०८० सम्पन्न भएको छ ।आइतवार हिमालयन होटल, चन्द्रपुरमा नेपाल स्रष्टा समाज र साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ वडा कार्यालयको सहयोगमा कार्यक्रमको आयोजना भएको हो ।
चन्द्रपुर वडा नम्बर ५ का वडा अध्यक्ष तथा सो कार्यक्रमका सभाध्यक्ष निलहरी कोइरालाले कला साहित्यको संरक्षण र विकासको लागि वडा कार्यालयले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
उहाँँले भन्नुभयो, ”कला, साहित्य पनि समाजको अभिन्न अङ्ग हो सवै मिलेर संरक्षण र प्रवद्र्धन गर्नुपर्छ ।”
प्रमुख अतिथि नगेन्द्रराज शर्माले वडा कार्यालयले यस्तो कार्यक्रम गरेकोमा धन्यवाद दिदै साहित्यमार्फत समाजलाई सकारात्मक बाटोमा हिड्न प्रेरणा मिल्ने बताउनुभयो ।देशका विभिन्न जिल्ला झै रौतहटमा पनि नयाँ तथा पुराना श्रष्टाहरुको मेहनतले अगाडि बढिरहेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।
सो कार्यक्रमको संयोजक लक्ष्मी श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा समाजमा विशेष योगदान पुर्याउने तीन जनालाई सम्मान गरिएको थियो ।सम्मानित हुनेमा पूर्वशिक्षक रामप्रित चौधरी र छविलाल घिमिरेलाई मरणोप्रान्त र अर्का सम्मानित हुनेमा हसिमा खातुन रहनुभएको छ ।कार्यक्रमका सहभागीहरुलाई स्वागत लेखक तथा साहित्यकार माधव काफ्ले गर्नुभएको थियो । सो कार्यक्रमको संचालन प्रख्यात मुक्तककार हरिकृष्ण काफ्लेले गर्नुभएको थियो । सो कार्यक्रममा एक दर्जन बढी साहित्यकारहरुले आआफ्ना रचनाहरु वाचन गर्नुभएको थियो ।