निजगढ,बारा–पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन शनीवार सम्पन्न भएको छ । पोखराको फेवा रिसोर्टमा सम्पन्न अधिवेशनले दीपेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजु देवकोटा, उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा उमेशकुमार ठाकुर, कोषाध्यक्षमा वीजेन्द्र चौधरी चयन भएका छन् । यसैगरी समितिको सदस्यमा ओमनाथ तिमिल्सिना, राहुल पासवान, केशव दाहाल, दिनानाथ दवाडी, निरज जयसवाल, दन्तकुमारी कार्की, प्रियंका तिवारी र भुपेन्द्र चौधरीलाई चयन गरिएको छ ।
कार्यक्रम संस्थाका आजीवन सदस्य तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा डा. शेषरमण न्यौपाने, प्रहरी निरीक्षक सुमित कुशवाहा, निर्वाचन अधिकृत उदयकान्त तिवारीलगायतको उपस्थिति रहेको उपाध्य राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।सोही अवसरमा हरितालिका तीजको अवसर पारेर दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त कार्यक्रमको संयोजन निवर्तमान कोषाध्यक्ष गंगा लामिछानेले गर्नुभएको थियो ।



















