दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको सौन्दर्य र वातावरणीय सन्तुलन अभिवृद्धि गर्ने उद्देश्यले महागढीमाई फाउण्डेशनले ‘स्वच्छ वातावरण, समृद्ध समाज’ भन्ने मूल नारासहित सोमवार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, शिक्षाविद् र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अभियानमा वल्र्ड लिंक बाराले सहयोग र महागढीमाई नगरपालिकाले सहकार्य गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले वातावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै, ‘हरियाली विकास बिना समृद्धि सम्भव छैन ।’ भन्नुभयो । उहाँले यस्तो अभियानले जीवनशैली परिवर्तन गर्दै सामाजिक रूपान्तरणमा समेत टेवा पु¥याउने बताउनुभएको छ ।
त्यस्तै, खल्ती एपका सह–संस्थापक अरबिन्द साहले वृक्षारोपणले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँनले फाउण्डेशनको सामाजिक क्रियाकलापप्रति प्रशंसा जनाउँदै यसको निरन्तरतामाजोड दिनुभएको छ ।
कार्यक्रमको अध्यक्षता फाउण्डेशनका संयोजक सुनील कुशवाहाले गर्नुभएको थियो भने सञ्चालन जयराम कुशवाहाले गर्नुभएको थियो ।


















