कोल्हबी,नेपाल थारु संघ केन्द्रीय अध्यक्ष शिवनारायण महतो थारुले थारु समुदायको हक, अधिकार र पहिचान संरक्षणमा राज्यले अझै काम गर्न नसकेको बताउनुभएको छ ।बाराको कोल्हबीमा नेपाल थारु संघ बाराको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष थारुले सरकार अझैपनि थारु जातिको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र धर्मको संरक्षण तथा प्रवद्र्धन गर्नतर्फ अग्रसर नभएको बताउनुभएको हो ।

उहाँले थारु युवाहरूलाई नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्नु थारु युवाहरूलाई सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा नेतृत्व गर्न प्रेरित गर्दै प्रशिक्षण र सशक्तीकरणमा जोड दिनु पर्ने बताउनुभयो।यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका सभापति राजेश राय यादवले थारु जातीको आरक्षण वाड तहदेखि केन्द्रसम्म रहेको बताउदै आफ्नो संस्कृती जोगाउन संगठित संगठित भएर अगाडि बढ्न आग्रह गर्नुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले थारु संघ नेपाली कांग्रेस बाहेक अरु पार्टीमा नरहेकोले नेपाली कांग्रेस मात्रै थारु जातीलाई सम्मान गर्ने पार्टी भएको बताउनुभयो । उहाँले थारुहरुको हक हितको लागि नेपाली कांग्रेस जहिले पनि अवाज उठाउदै आएको जिकिर पनि गर्नुभयो ।नेपाल थारु संघ जिल्ला कार्यसमिति बाराको पहिलो अधिवेशनबाट अगामी कार्यकालको लागि सन्जय चौधरी थारुको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

Leave a Reply