कलैया,पोखरीमा डुबेर बाराको देवतालमा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ६ रवुआईकी अन्दाजी ३५÷३६ वर्षकी महिला सुनिता देवी रहेकी छिन ।

वडा नम्बर ६ स्थित श्री नेपाल राष्ट्र प्राथमिक विद्यालयको परिसरमा रहेको पोखरीमा नुहाउने क्रममा महिलाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायाव उपरीक्षक राजेश थापाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here